संसदमा उठाएका विषय सरकारले नसुनेकाे भन्दै रास्वपा सांसदद्वारा शून्य समयमा माैनधारण

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले प्रतिनिधि सभाको शून्य समयमा मौनधारण गर्नुभएको छ ।

सांसदहरूले संसदमा उठाएका विषय सरकारले नसुनेको भन्दै त्यसको विरोधमा उहाँले त्यस समय मौनधारण गरेर व्यतित गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘सम्माननीय सभामुख महोदय,… यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुनेको भएर मैले यो शून्य समयमा मौन धारण गरेँ । धन्यवाद !’

प्रतिनिधि सभा नियमावलीअनुसार शून्य समयमा एक मिनेटको समय तोकिएको हुन्छ । त्यही समयमा बोल्न उभिनुभएका सांसद ढकालले भन्नुभयाे, ‘सम्माननीय सभामुख महोदय,…’भनेर मौन बस्नुभयो । र पछि ‘यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुनेको भएर मैले यो शून्य समयमा मौनधारण गरेँ’ भनेर आफ्नो भनाई अन्त्य गर्नुभएको थियो ।

 

Share your love