संविधानको पालना गर्न युवा संगठन पर्साको माग

सत्ता गठबन्धनका दल निकटका पर्साका युवा संगठनहरुले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेको विरोधमा आपत्ती जनाउदै राष्ट्रपति विधादेवी भण्डारीको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत राष्ट्रपति कार्यालयमा ज्ञापनपत्र बुझाउदै उनिहरुले राष्ट्रपति भण्डारीको ध्याानाकर्षण गराएका हुन् ।काँग्रेस निकटको नेपाल तरुण दल , माओवादी केन्द्र निकटको वाइसियल नेपाल , जसपा निकटकोसमाजजवादी युवा संघ र एकीकृत समाजवादी निकटको युवा संघ नेपालले शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारी उमेश ढकाललाइ ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापनपत्र मार्फत उनिहरुले संविधानको पूर्ण पालना र संरक्षणको लागि राष्ट्रपति भण्डारीसंग माग गरिएको नेपाल तरुा दल पर्साका सचिव विवेक चौरसीयाले जानकारी दिए ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट दोश्रो पटक पारित भई प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पेश भएको नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको १५ दिनको समय सिमा भित्र प्रमाणिकरण नगरेर राष्ट्रपति भण्डारीले संविधान र सवैधानिक व्यवस्था माथि नै गम्भीर रूपले प्रहार गरेको ठहर युवा संगठनहरुको छ ।

राष्ट्रपति भण्डारीको यो गैरसंवैधानिक कदमबाट जनताले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमूल्यन पनि भएको भन्दै सचिव चौरसीयाले संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, सवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मान्यता माथि नै गम्भीर प्रहार भएको युवा संगठनहरुको ठहर रहेको बताए ।

त्यसैले नागरिकताबाट बन्चित लाखौ युवा युवतीहरुको हक अधिकरको सुनिश्चित गर्न राष्ट्रपति भण्डारीले संविधानको पूर्ण पालना र संरक्षणको लागि माग गर्दै ज्ञापन पत्र बुझाइएको तरुण दलका सचिव चौरसीयाले बताए ।

ज्ञापनपत्र बुझाउन गएको टोलीमा सचिव चौरसीयासंगै वाइसियल नेपालका पर्सा इन्चार्ज सन्तोष पटेल ,समाजजवादी युवा संघका पर्सा अध्यक्ष गौरव बर्मा र युवा संघ नेपालका पर्सा अध्यक्ष श्रीलाल कुशवाहा लगायतको सहभागीता रहेको तरुण दलका क्षेत्रीय सचिव सुरेन्द्र सिंहले जानकारी दिए ।

 

Share your love