शेयर बजार झन्डै १६ अङ्कले घट्याे

काराेबार हुने हप्ताकाे अन्तिम दिन शेयर बजार झन्डै १६ अङ्कले घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव १३ अङ्कले घटेर एक हजार नाै सय शून्य चार विन्दुमा झरेकाे छ ।

आज सबै समूहकाे शेयर घटेकाेमा बीमा, विकास बैंक, उत्पादन तथा प्रशाेधन, लघुवित्त, जलविद्युत् र फाइनान्स समूहकाे शेयर उच्च अङ्कले ओरालाे घटेकाे छ ।

नेप्से घटे पनि आज काराेबार रकम भने हिजाेकाे भन्दा केही बढेकाे छ । आज दुई सय ६७ वटा कम्पनीका ३२ लाख कित्ता शेयर ९८ कराेड ३३ लाख रुपैयाँमा काराेबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंककाे पाँच कराेड ७५ लाख रुपैयाँ बराबरकाे शेयर किनबेच भयाे ।

आज एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–२ र आदर्श लघुवित्तकाे शेयर १० प्रतिशतले घटेकाे छ । समग्रमा बजार घटे पनि आज कालिञ्चाेक दर्शन लिमिटेडकाे शेयर १० प्रतिशतले बढेकाे छ ।

 

Share your love