शेयर बजार आज सामान्य घट्यो

काठमाण्डाै – शेयर बजार आज मङ्गलवार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव २६ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ४१ विन्दुमा झरेको छ ।

आज होटल, बीमा, विकास बैंक र अन्य समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ । आज बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय ७० वटा कम्पनीका २२ लाख २२ हजार कित्ता शेयर ६४ करोड ९६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको दुई करोड ४० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै श्वेतगङ्गा हाइड्रो र मिथिला लघुवित्तको शेयर साढे चार प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्तको शेयर आठ प्रतिशतभन्दा धरैले बढेको छ ।

 

Share your love