शेयर बजारको ओरालो यात्रा रोकिएन, ९१ करोड ७६ लाख रुपैयाँको कारोबार

लगातार तेस्रो दिन आज मङ्गलवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव २० अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ६८ विन्दुमा झरेको छ ।

आज माइक्रोफाइनान्स, जलविद्युत्, होटल, फाइनान्स, विकास बैंक र  म्युचल फन्ड समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ ।

बजारसँगै दिनदिनै कारोबार रकम पनि घटिरहेको छ । कुनै बेला दैनिक २१ अर्ब रुपैयाँको कारोबार हुने गरेकोमा अहिले एक अर्ब रुपैयाँको पनि कारोबार हुन छाडेको छ । आज दुई सय ६४ वटा कम्पनीका २९ लाख ७१ हजार कित्ता शेयर ९१ करोड ७६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको तीन करोड ३६ लाख र एनआईसी एसिया बैंकको तीन करोड २८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्सुरेन्सको शेयर १० प्रतिशतले घटेको छ । कालिञ्चोक दर्शन लिमिटेड कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

 

Share your love