शिक्षा अधिकृत पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत शेषकान्त पौडेलले भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

 अधिकृत पौडेललाई अख्तियारको टोलीले सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिएको अवस्थामा यसअघि नै पक्राउ गरेको थियो ।
अख्तियारका अनुसार पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरेबापत सेवाग्राहीसँग एक लाख रकम घुस लिएको पुष्टि भएको दाबी गरेको छ । पौडेलविरुद्ध आयोगले दायर गरेको रिटमा बिगो एक लाख रुपैयाँ कायम गर्दै कैद सजायको माग गरेको छ ।
Share your love