शिक्षण अस्पतालबाट हतकडीसहित भागेका कैदी लुभुबाट पक्राउ

काठमाण्डौको महाराजगञ्जमा रहेको शिक्षण अस्पतालबाट भागेका कैदीलाई प्रहरीले पक्राउ गरेको छ । आँखाको उपचारका लागि हिजो अस्पताल पुगेका भोला बुढाथोकी हतकडीसहित भागेका थिए । उनलाई ललितपुरको लुभुबाट आज बिहान पक्राउ गरिएको प्रहरी परिसर ललितपुरले जनाएको छ ।

पक्राउ परेका बुढाथोकीलाई जावलाखेलमा राखिएको छ । रामेछाप पिल्पुङ्ग गाउँपालिका–२ घर भएका ३१ वर्षका बुढाथोकी नख्खु कारागारमा ज्यान सम्बन्धी कसुरमा थुनामा छन् । उनलाई हिजो उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो ।

कैदी फरार भएलगत्तै अध्ययन गर्न छानबिन समिति गठन भएको छ । प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको हो । उनी रहेको अनाश्रित गुल्म नख्खुका कार्यालय प्रमुखलाई जिम्मेवारीबाट हटाइएको र कैदीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई पनि निलम्बन गरिएको छ ।

Share your love