शंकास्पद अवस्थामा २२ वर्षीया युवती आफ्नै कोठामा मृत फेला

नेपालगन्ज उपमहानगरपालिका– ९ नयाँबस्तीमा एक युवती मृत फेला परेकी छिन्। 

कोहलपुर नगरपालिका– ६ घर भएकी २२ वर्षीया युवती आफ्नै डेरामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए। उनी अध्ययनका लागि नेपालगन्जमा बस्दै आएकी थिइन्।

घर्तीले उनको मृत्यु शंकास्पद भएको बताए। ‘मृतकको शरीरमा नीलडाम देखिएको छ। ‘घटना शंकास्पद भएकोले प्रहरीले मसिनो तरिकाले अनुसन्धान गरिरहेको छ,’ उनले भने।

घटनाको अनुसन्धान भइरहेकाले सबै कुरा भन्न नमिल्ने डिएसपी घर्तीको भनाइ छ । घटनास्थलमा मोबाइल फेला परेको छ। उक्त मोबाइलका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।   – नयाँ पत्रिका

Share your love