वीरगंज १५ मा बाटो अतिक्रमण हटायाे महानगर

इनरबाईपासको ४० फिटे सडक छेउ, फुटपाथ र नालामाथि जथाभावी निर्माण सामग्री तथा ठेला राखेर व्यवसाय गर्दा पैदल हिँड्न र सवारी दुर्घटनासमेत हुन सक्ने देखिएकाले महानगरले त्यसलाई हटाउन थालेको हो । महानगरले दुई दिन लगाएर ४० फिटे बाटोको अतिक्रमण हटाएको वीरगञ्ज महानगरका फोहोर व्यवस्थापन तथा हरियाली समितिका संयोजक जयप्रकाश खेतानले जानकारी दिए ।

अतिक्रमण नियन्त्रण र पार्किङ कार्यान्वयनका लागि खटिएको अभियानमा वीरगञ्ज महानगरपालिकाका सरसफाई तथा बृक्षारोपण संयोजक जयप्रकाश खेतान, बीरगंज महानगरपालिकाका सरसफाई शाखा प्रमुख सरफुद्दिन मिया सहितको टिम, नगर प्रहरी इन्चार्ज हरि भुषालको कमाण्डमा खटिएको टिम तथा बस पार्क प्रहरी चौकीका प्रहरी जवानहरुको सहभागिता रहेको थियो ।

Share your love