वीरगंज महानगरकै कर्मचारीको मोटरसाईकल ५ मिनटमा चोरी

वीरगंज – वीरगंज महानगरपालिकाको नक्सा फाटमा कार्यरत अमिन पुरुषोतम ठाकूरको मोटरसाईकल ५ मिनेटमै वीरगंजबाट चोरी भएको घटना सार्बजनिक भएको छ ।

वीरगंज महानगरपालिका वडा नम्बर १५ को खत्री खाजाघर छेउबाट ५ मिनेटमा मोटरसाईकल चोरि भएको ठाकुरले जानकारी दिनुभयो ।

बिहिबार साझ ५ बजेर ४७ मिनेटमा खाजाघरको अगाडी राखेर खाजा खान गएको बेला मधेश प्रदेश ०–२–३–१७ प ७४०६ नम्बरको यमाहा एफ.जेड कम्पनिका रातो रंग भएको मोटरसाईकल चोरी भएको बताउनुभयो ।

चोरी भएलगतै प्रहरी चौकी बसपार्कमा गएर घटनाको विवरण जानकारी गएको ठाकुरले बताउनुभयो । प्रहरी चौकी बसपार्कले घटनाको अनुसन्धान गर्ने भनेर आफुलाई आश्वाशन दिएको समेत बताउनुभयो ।

यता प्रहरी चौकी बर्सपार्कका प्रहरी जवान सैलेन्द्र सहनी घटनास्थलमा पुगेको तर सिसिटिभी फुटोजमा सफा नदेखिएकोले अनुसन्धानमा कठिनाई हुने प्रतिक्रिया दिनुभएको छ ।

-सांकेतिक फोटो 

Share your love