वीरगंजमा आयोजित रक्तदान कार्यक्रममा ६ महिलासहित ६७ जनाद्वारा रक्तदान

वीरगंज – सोमबार वीरगंजमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६ जना महिलासहित ६७ जनाले रक्तदान गरेका छन । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १४ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रमा अशोक राउत अहिर , सोनम श्रेष्ठ , दीपक चौधरी , रविभुष्ण श्रीवास्तव लगायतले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगंजले जनाएको छ ।

रक्तदान कार्यक्रममा रक्त सञ्चार वीरगंजका प्राबिधिक प्रमुख सौर्वराज पाण्डे नेतृत्वको टोलीले प्राबिधिक सहयोग गरका थिए  ।

गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रवुभुष्ण श्रीवास्तवको अध्यक्षता र जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पर्साका महासचिव जिष्णु बरालको प्रमुख अतिथ्यतामा आयोजित कार्यक्रममा राष्ट्रिय सहकारी बैंक वीरगंज शाखाका प्रवन्धक सन्जय महतो‚ सिएमसि पर्साका अध्यक्ष चन्देश्वर चौरसिया लगायतको उपस्थिती रहेको थियो ।

Share your love