वीरगंजबाट प्रेस लेखिएको गाडीबाट लागुऔषध सहित एकजना पक्राउ

वीरगंज – पर्सा प्रहरीले प्रेस लेखिएको गाडी गाडीबाट ठुलोमात्रा लागुऔषध सहति एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले वीरगंज महानगरपालिकाको वडा नम्बर १६ रजतजयन्ती चौकबाट प्रेस लेखिएको निगरानी अनलाईन डट कमको बा ७ च ४६४२ नम्बरको कारलाई चेकजाँच गर्दा लागु औषध सहित बरामद भएपछी चालक सहित कारलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरीले दिनुभएको जानकारी अनुसार उक्त कारबाट २४० नाईट्रोभेट ट्याब्लेट , १ सय एम.एलको १९८ बोतल ओनेरेक्स र ६५ हजार नेपाली रुपैयासहित करका चालक मकवानपूरको हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ बस्ने ४७ बर्षीय गोपाल स्यान्तांगलाई पक्राउ गरेको छ ।

पक्राउ परेका स्यान्तांगमाथि थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक गिरीले अबताउनुभयो ।

Share your love