विश्व बैंकले भारतलाई एक अर्ब अमेरिकी डलर स्वास्थ्य ऋण दिने

विश्व बैंकले भारतलाई महामारीको पूर्वतयारी र स्वास्थ्य सेवा प्रवाह प्रभावकारी बनाउनका लागि एक अर्ब अमेरिकी डलर ऋण उपलब्ध गराउने भएको छ ।

भारत सरकार र विश्व बैंकबीच भएको ऋण सम्झौतामा दुई फरक फरक ५० करोड अमेरिकी डलरको ऋण समावेश गरिएको छ । यी दुई परियोजनाले भविष्यमा हुने महामारीविरुद्ध देशको स्वास्थ्य प्रणाली प्रभावकारी बनाउने भारतको निर्णयलाई समर्थन गरेका बैंकका भारतमा रहेका देशीय निर्देशक अगस्टे तानो कोउमले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

यसले जुनोटिक रोगलगायतका भाइरस पत्ता लगाउने भारतको क्षमतालाई पनि बढाउनेछ । मुख्यगरी आन्ध्र प्रदेश, केरला, मेघालय, उडिसा, पञ्जाब, तमिलनाडु र उत्तर प्रदेशमा स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकता दिने भारत सरकारको प्रयासलाई ऋण सहयोग रहेको छ ।

 

Share your love