विश्व कप क्रिकेट : अस्ट्रेलियाको पहिलो जित, श्रीलङ्का पाँच विकेटले पराजित

भारतमा चलिरहेको आईसीसी विश्व कप क्रिकेटमा अस्ट्रेलियाले पहिलो जित प्राप्त गरेको छ । लगातार दुई खेलमा पराजित भएको अस्ट्रेलियाले गएराति लखनउमा सम्पन्न खेलमा  श्रीलङ्कालाई ५ विकेटले पराजित गरेको हो । श्रीलङ्काको लगातार तेस्रो हार हो ।

श्रीलङ्काले दिएको २ सय १० रनको लक्ष्य अस्ट्रेलियाले ३५ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाका जोस इङ्ग्लिसले सबैभन्दा धेरै ५८ रन बनाए । श्रीलङ्काका दिलसन मधुसनकाले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले ४३ ओभर ३ बलमा सबै विकेट गुमाएर २ सय ९ रन बनायो ।

श्रीलङ्काका कुशल परेराले ७८ रन बनाए । अस्ट्रेलियाका एडम जाम्पाले ४ विकेट लिए ।

 

Share your love