विश्व कप क्रिकेटमा आज पाकिस्तान र नेदरल्यान्ड्स खेल्दै

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज पाकिस्तान र नेदरल्यान्ड्स खेल्दैछन् ।

यो खेल हैदराबादमा नेपाली समय अनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ । यसअघि सन् १९९६ र २००३ को एकदिवसीय विश्वकपमा पाकिस्तान र नेदरल्यान्ड्सबीच दुई खेल भएकोमा पाकिस्तान विजयी भएको थियो।

पाकिस्तान र नेदरल्यान्ड्सले अहिलेसम्म ६ वटा एकदिवसीय खेल खेलेका छन् । यी सबै खेल पाकिस्तानले जितेको छ ।

हिजोदेखि भारतमा शुरु भएको १३ औँ संस्करणको विश्वकप क्रिकेटमा न्युजिल्यान्डले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा न्युजिल्यान्डले इङ्ल्यान्डलाई ९ विकेटले हराएको हो ।

 

Share your love