विवाहपञ्चमीमा मधेश प्रदेशमा सोमबार सार्वजनिक बिदा

मधेश प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ ।

विवाहपञ्चमी महोत्सवको अवसरमा मधेश प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको हो ।

मुख्यमन्त्री लालबाबु राउतले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सोमबार सार्वजनिक बिदा दिइएको जानकारी दिएका छन् ।

त्रेता युगमा सीता र रामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।

विवाहपञ्चमीमा भारतको अयोध्याबाट हरेक वर्ष जन्ती समेत आउने गरेका छन् ।

 

Share your love