विराटनगरमा तोडियो निषेधाज्ञा, प्रदर्शनकारी र प्रहरीबीच झडप

कोसी प्रदेश नामकरण भएको विरोधमा पहिचान पक्षधरहरूले निषेधाज्ञा तोडेको छन्।

प्रदर्शनकारी निषेधाज्ञा तोडेपछि प्रहरीले प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। प्रहरीले प्रदर्शकारीमाथि लाठीचार्ज गरेको छ। प्रदर्शनकारीले प्रहरीसँग भिड्दै मुख्यमन्त्रीको कार्यालय घेराउ गर्न त्यसतर्फ अगाडि बढेका छन्।

पहिचान पक्षधरहरूले कोसी नामकरणको विरोधमा पहिचान पक्षधरहरूले प्रादेशिक राजधानीमा बृहत् प्रदर्शन गर्ने घोषणा गरेकाले प्रशासनले विराटनगरका मुख्य स्थानमा आइतबार बिहानदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईका अनुसार विभिन्न समूहले गर्ने विरोध, धर्ना, जुलुसका कारण शान्ति सुरक्षामा असर पर्न सक्ने भएकाले संवेदनशील स्थानमा निषेधाज्ञा जारी गरिएको हो।

निषेधाज्ञा जारी भएका स्थानहरूमा कसैले पनि धर्ना, जुलुस र विरोधका कार्यक्रमहरू गर्न पाउनेछैनन्।

Share your love