विप्लव समूहद्वारा चुनाव विथोल्ने निर्णय

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी निर्वाचन विथोल्ने निर्णय गरेको छ। विप्लव नेतृत्वको नेकपाले आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभाको चुनाव विथोल्ने निर्णय गरेको हाे।

मंगलबार काठमाडौंको प्रज्ञा प्रतिष्ठान भवनमा आयोवित पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य सन्तोष बुढामगरले नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको ४ कात्तिकमा बसेको दोस्रो बैठकले चुनाव खारेज गर्ने निर्णय गरेको बताउनुभयाे ।

चुनाव खारेज अभियान अन्तर्गत देशव्यापी रुपमा भण्डाफोर र प्रचार अभियान चलाउने निर्णय भएको उहाँले बताउनुभयाे।

Share your love