वडाध्यक्ष यादवद्वारा आफ्ना वडाका गर्भवती महिलाहरुलाई पोषणयुक्त आहारा वितरण  

वीरगंज – पर्साका बहुदरमाई नगरपलिका वडा नम्बर ७ का वडाध्यक्ष बिरेन्द्र यादवले आफ्ना वडाका गर्भवती महिलाहरुलाई पोषणयुक्त आहारा वितरण गर्नुभएको छ ।

स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंम सेविका को टोलिसहित वडा नम्बर ७ मा रहेकी ९० जना गर्भवती महिलाहरुको घर आँगनमा पुगेर वडाध्यक्ष यादवले अण्डा , आयोडिन नुन र चनाको दाल वितरण गर्नुभएको हो ।

सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत वडाध्यक्ष यादवले वडा स्तरीय बजेटबाट पोषणयुक्त आहारा गर्भवती महिलाहरुलाई वितरण गरिएको जानकारी दिनुभयो ।

उहाले यो कार्यक्रम नेपाल सरकारको नभई स्थानीय सरकारको रहेको जानकारी दिदै यो कार्यक्रम वर्षमा ३ चोटी सञ्चालन हुने बताउनुभयो ।

यो बर्षको पहिलो चोटीको कार्यक्रम अन्तर्गत आज अण्डा , नुन र दाल वितरण गरिएको जानकारी दिदै वडाध्यक्ष यादले दुई चरणको कार्यक्रम पछी सञ्चालन हुने बताउनुभयो ।

उहाले यो कार्यक्रम आफ्नो कार्यकालसम्म अर्थात ५ वर्ष नै सञ्चालन हुने जानकारी दिनुभयो ।

 

 

Share your love