लौरो, डोजर र क्रस खुकुरी रहेको चुनाव चिन्हमा सामान्य हेरफेर

आयोगको असोज २७ गतेको निर्णयअनुसार प्रतिनिधिसभा सदस्य चुनाव तथा प्रदेशसभा सदस्यको निर्वाचन निर्देशिका, २०७९ को दफा ८७ ले दिएको अधिकार प्रयोग गरी ती चुनाव चिह्नको अनुसूचीमा रहेको आकारमा हेरफेर गरिएको हो । चिह्न भने उही रहेको छ । निर्वाचन आयोगमा अभिलेखमा रहेको निर्वाचन चिह्नको नाम र चिह्नमा केही भिन्नता देखिएको र आयोगमा रहेको अभिलेख र निर्देशिकामा रहेको विवरणबीच भिन्नता पाइएकाले यस्ताे निर्णय गरिएको आयोगले जनाएको छ ।

क्रम सङ्ख्या १३ मा रहेको हाम्रो नेपाली पार्टीको चुनाव चिह्न लौरो र स्वतन्त्र उम्मेदवारको चिह्न अन्तर्गत डोजर र क्रस खुकुरीमा समेत हेरफेर गरिएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिनुभयो ।

 

 

Share your love