रुसका उच्च अधिकारी, बैंक र व्यापारीमाथि इयुले लगायो नयाँ प्रतिबन्ध

युक्रेनमा रुसले युद्धलाई समर्थन गरेको, प्रोपोगान्डा फैलाएको वा ड्रोन आपूर्ति गरेको र सशस्त्र बलले प्रयोग गर्न सक्ने उत्पादनको व्यापारमा प्रतिबन्ध लगाएको आरोप लागेका थप अधिकारी र सङ्गठनलाई लक्षित गरी रुसले युक्रेनमाथि आक्रमण गरेको भन्दै युरोपेली सङ्घ (इयु) ले शनिबार नयाँ प्रतिबन्ध लगाउने सहमति गरेको छ।

इयु अन्तर्गतको स्वीडेनी प्रशासनले भनेको छ, ‘यो प्रतिबन्ध सैन्य र राजनीतिक निर्णयकर्ता, रुसी सैन्य उद्योगमा समर्थन गर्ने वा काम गर्ने कम्पनी र वाग्नर समूहका कमान्डरहरूलाई लक्षित गरिएको छ। रूसका केही ठूला बैंकहरूसँगको कारोबार पनि प्रतिबन्धित छ।’

सैन्य ड्रोन निर्माण गर्ने थप तीन वटा रूसी बैंक र सातवटा इरानी ‘संस्था’ अर्थात् कम्पनी, एजेन्सी, राजनीतिक दल वा अन्य संस्थालाई सम्पत्ति रोक्का गरिएको हो। इयुको कार्यकारी शाखाले तीन हप्ताअघि प्रस्ताव गरेकाे नयाँ उपायहरू धेरै आन्तरिक कलहपछि युक्रेनमा रूसको आक्रमणको एक बर्ष पुगेको एक दिन पछि सार्वजनिक गरिएको छ।

Share your love