‘रिट’ले विभाजित माओवादीलाई एकताबद्ध हुन मद्दत पुगेकाे छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूविरुद्ध मुद्दा दर्ता हुँदा माओवादीलाई एकताबद्ध हुन मद्दत पुगेको बताएका छन्।उनले मुद्दा दर्तासम्बन्धी रिट पर्नुलाई आफूले शान्तिसम्झौतासम्बन्धी ऐनलाई अघि बढाउनुपर्ने कामका रूपमा लिएको बताए।

सोमबार एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको छैटौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अदालतको फैसला पनि शान्तिसम्झौताभन्दा बाहिर नगएकाले चिन्तित हुनुपर्ने अवस्था नरहेको जिकिर गरे।

प्रधानमन्त्री प्रचण्डले विस्तृत शान्तिसम्झौता र त्यसका हस्ताक्षरकर्ता वा नेतृत्वकर्तामाथि कसैले नकारात्मक सोच राखेर नकारात्मक क्रियाकलाप गरे त्यो सफल नहुने दाबी गरे।

 

Share your love