राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना गर्न संघको अनुमति चाहिने

राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना गर्नका लागि नेपाल भलिबल संघ (एन.भी.ए) को अनुमति चाहिने भएको छ । नेपाल भलिबल संघले सोमबार सामाजिक संजाल फेसबुकमार्फत एक विज्ञप्ति जारी गर्दै यस्ताे बताएकाे हाे ।

राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि संघको अनुमति लिनुपर्ने जनाएको छ । संघले प्रतियोगिताको मिति संघसँगको परामर्श र सहमतिमा तय गर्नुपर्ने समेत बताएकाे छ ।

संघले कुनै पनि क्लब वा संस्थाले बिना जानकारी एन.भीए.को लोगो राखेमा वा नाम उल्लेख गरेमा कारबाही गरिने र संघको कुनै पनि गतिविधिमा भाग लिन नपाईने गरि प्रतिबन्ध गरिने जनाएको छ ।

संघले राष्ट्रिय खेलाडीहरूलाई एन.भी.एले मान्यता नदिएको प्रतियोगिता नखेल्न आग्रह समेत गरेको छ ।

Share your love