राष्ट्रिय सभालाई प्राविधिक रुपमा मात्रै राख्ने तरिकाले अगाडि जाँदैन : सिटौला

राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभालाई सामान्य प्राविधिक रुपमा मात्रै राखेर अगाडि जान नसकिने बताउनुभएको छ ।

मंगलबार राष्ट्रिय सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै राष्ट्रिय सभा सदस्य सिटौलाले राष्ट्रिय सभालाई प्रवुद्ध वर्गको भन्ने तर सामान्य प्राविधिक रुपमा मात्रै राखिएको भन्दै यस्तो तरिकाले राष्ट्रिय सभा अगाडि जान नसक्ने बताउनुभएको हो ।

सांसद सिटौलाले कांग्रेस रचनात्मक र बलियो प्रतिपक्षको रुपमा बसेर देशको राजनीतिक कोर्षलाई सही बाटोमा अगाडि बढाउन आवाज उठाउने बताउनुभयो । उहाँले कांग्रेस संविधान भित्रबाट राज्य सञ्चालन हुनुपर्छ भन्ने मान्यतामा रहेको बताउनुभयो । राज्य सञ्चालकहरुले जनताको हितमा काम गर्नुपर्ने उहाँको भनाई छ ।

कांग्रेसको तर्फबाट रचनात्मक ढंगले र बलियो प्रतिपक्षको रुपमा नेपालको राजनीतिक कोर्षलाई सही बाटोमा अगाडि बढाउनको आवाज उठाइने उहाँले बताउनुभयो । सांसद सिटौलाले आफूहरुले देश र जनताको हितको लागि राष्ट्रिय सभामा आवाज उठाउने बताउनुभयो ।

Share your love