राष्ट्रपति भण्डारीले एमाले नेताहरुलाई छलफलमा बोलाइन्

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका नेताहरुलाई छलफलमा बोलाएकी छन् । सोमबार दिउँसो ५ बजे राष्ट्रपति कार्यालयमा आउने गरी उनले एमाले नेताहरुलाई बोलाएको एमाले स्रोतले बताएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएकाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरु राष्ट्रपति कार्यालय जाने एक नेताले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नै नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेकी थिइन् ।

छलफलको विषय नखुले पनि हाल राष्ट्रियसभाको विधायन समितिमा छलफलमा रहेको नागरिकता विधेयकमाथि छलफल गर्न बोलाएको हुन सक्ने नेताहरुले बताएका छन् ।

Share your love