राष्ट्रपति कार्यालयले भन्यो- नयाँ मन्त्रीको शपथ दिउँसो ३ बजे

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। त्यसका लागि राष्‍ट्रपति कार्यालयले दिउँसो ३ बजे नवनियुक्त मन्त्रीका लागि शपथको समय तोकेको हो।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले नव नियुक्त मन्त्रीहरूको शपथ तीन बजे तय भएको अन्नपूर्णलाई जानकारी दिए ।

यसअघि आज बिहान मन्त्रिपरिषद विस्तार र शपथग्रहणका विषयमा  राष्ट्रपति रामचन्द्र पौडेल  र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो।

प्रधानमन्त्री प्रचण्डले आज दिउँसो १ बजेभित्र सत्ता गठबन्धनका सबै राजनीतिक दलसँग मन्त्रीको नाम मागेका छन्।

सत्ता गठबन्धन दलभित्र कसले कति मन्त्रालय पाउनेबारे समझदारी भएको छ।  जसमा  कांग्रेसले ८, माओवादीले ५,जसपा र नेकपा एकीकृत समाजवादीले २-२ र जनमत, लोसपा, नेसपा, नागरिक उन्मुक्ति र आम जनता पार्टीले एक-एक मन्त्रालय दिने सहमति भएको छ।

Share your love