राष्ट्रपतिले भाइटीका लगाइदिनु भएन, प्रधानमन्त्रीले लगाउनु भएन

राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइदिनु भएन । राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइ दिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उहाँको तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै हुनुहुन्छ ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका ग्रहण गर्नुभएन । भ्रातृशोकमा रहनुभएका प्रधानमन्त्री देउवाले भाइटीका नलगाउनुभएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका पनि लगाउनु भएको थिएन ।

 

Share your love