राप्रपा पर्सा क्षेत्र नम्बर ३ ले कम्बल वितरण गर्यो

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा क्षेत्र नं ३ को आयोजनामा गर्दोल वडा नं २ मा गरीब तथा विपन्न परिवारलाई ४० थान कम्मल वितरण गरिएको छ ।

र्‍याजुल हक मियाको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य अंगद ठाकुर,पुर्व केन्द्रिय सदस्य नागिना यादब,शान्ति देवी खड्का,मधेस प्रदेश संगठन विभाग प्रमुख किरणमान डंगोल,जिल्ला उपाध्यक्ष अबध किशोर साह,जिल्ला प्रबक्ता शम्भु घिमिरे,राजेस चौहान,चन्द्रीका सहनी,लगायत थुप्रै पाटिका नेता कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियोे ।

र बक्तब्यको क्रममा आफुले जितेपनी नजितेपनी जनताको समस्या समाधान गर्न कुनै कसर बाकी नराख्ने संगठन बिभाग प्रमुख किरणमान डंगोलले बताउनुभयो भने आफ्नो पाटी मातहतको मन्त्रालय अन्तरगत जनताको काममा ढिलाइ र कुनै समस्या भए अथवा हुने काम पनि कर्मचारीले अलमल बनाए ।हामीलाई जानकारी गराउनु त्यसको समस्या समाधान गर्नेछौ भनी केन्द्रिय सदस्य अंगद ठाकुरले बताउनु भयो । भने सो कार्यक्रमको सहजीकरण नागिना यादवले गर्नुभएको थियोे ।

Share your love