रविले नागरिकता पाएसँगै रास्वपाकाे गृहमा दावी यथावत

काठमाडाैँ- रवि लामिछानेले नागरिकता लिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नाे भागमा परेकाे  गृहमन्त्रायलकाे दावी यथावतै राखेकाे छ। हाल उक्त रिक्त मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्हालेका छन् ।

आइतबार लामिछानेले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा गरेर नागरिकता लिएका छन्।

उच्च स्राेतका अनुसार एमाले अध्यक्ष ओलीले रविलाई गृहमा फेरि पुन:स्थापित गर्नुपर्छ भने पनि प्रधानमन्त्री दाहालले भने ग्रिन सिग्नल दिइसकेका छैनन्।

रविकाे सांसद पद गुमे पनि उनी ६ महिना मन्त्री बन्न पाउँछन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रवि लामिछानेलाई आज नै पार्टी सभापति घोषणा गर्ने तयारी गरेको छ।

रविको नागरिकता विवादमा १३ माघमा सर्वोच्च अदालतको फैसलापछि रविको सांसद् पदसँगै पार्टी सभापति पद पनि गुमेको थियो।

आज दिउँसो ३ बजेपछि रास्वपाको केन्द्रीय समितिको बैठक बस्दैछ। बैठकले लामिछानेलाई सभापतिकाे रूपमा घाेषणा गर्ने बताइएकाे छ।

Share your love