योग्यताक्रममा दाबी विरोध भए इमेलबाट उजुरी गर्न चिकित्सा शिक्षा आयोगको अनुरोध

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा (एमईसीईई–बीएल २०२३) को सबै शैक्षिक कार्यक्रमको समूहगत योग्यताक्रम प्रकाशन गरेको छ ।

आयोगले गत फागुन २४ गतेदेखि २८ गतेसम्म लिएको १३ वटा शैक्षिक कार्यक्रमहरुको नतिजा चैत १ गतेदेखि ४ गतेसम्म प्रकाशित गरेको थियो । उक्त प्रकाशित नतिजाको समूगत योग्यताक्रम प्रकाशन गरेको छ ।

उक्त योग्यताक्रम नतिजामा दाबीविरोध भए चैत ८ गते बिहानदेखि १० गते अपराह्न ५ बजेभित्र आयोगको इमेल मार्फत उजुरी दिन सकिने आयोगले जनाएको छ ।
Share your love