युवकले बाथरुममा पसेर आफैलाई लगाए आगाे

पोखरा महानगरपालिका- १३ काहुँखोला बस्दै आएका एक युवकले आफैमाथि आगाे लगाएका छन्। कास्कीको मादी गाउँपालिका ४५ वर्षीय युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्महत्याकाे प्रयास गरेका हुन्।

डेरामा बस्दै आएका उनले बाथरुममा छिरेर पेट्रोल छर्केर आफैमाथि आगाे लगाएका थिए। उनलाई बचाउने क्रममा घरबेटीसमेत घाइते भएकी छन्। घाइते दुवै जनाको अहिले पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियू कक्षमा उपचार भइरहेको छ।

आत्महत्याकाे प्रयास गरेका युवकले पोखरामा स्टेशनरी व्यवासय सञ्चालन गर्दै आइरहेका छन्।

Share your love