युक्रेनलाई बृहत् सैन्य सहयोग

उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) र उसका साझेदारहरूले युक्रेनलाई उसको गुमेको भूभाग रुसबाट फिर्ता लिन बृहत् सैन्य सहयोग उपलव्ध गराएका छन् ।

नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गका अनुसार युक्रेनलाई एक हजार पाँच सय ५० वटा बख्तरबन्द गाडी र दुई सय ३० वटा ट्याङ्क प्रदान गरिएको छ । अघिल्लो वर्षको फेब्रुअरीमा युक्रेनमाथि रुसी हमला भएपछि प्रदान गरिएको सैन्य सहयोगमा यो सबैभन्दा ठूलो हो ।

आज ब्रसेल्समा भएको पत्रकार सम्मेलनमा नेटो प्रमुखले युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धताअनुरूप ९८ प्रतिशत सैन्य सहायता प्रदान गरिएको बताउनुभयो । युक्रेनका नौ वटा नयाँ ब्रिगेडलाई तालिम दिइएको तथा ती युद्धदस्तालाई हातहतियार दिइएकाे जानकारी पनि उहाँले दिनुभयो ।

 

Share your love