युएईलाई हराउँदै नेपाल विश्वकप क्रिकेटको क्वालिफायरमा

आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एक दिवसीय शृङ्खला अन्तर्गत यूएईसँगको खेलमा गुल्सन झाले पनि अर्धशतक बनाएका छन् । उनले ४७ बलमा ५० रन पूरा गरेका हुन् । यसअघि आरिफ शेख, कुशल भुर्तेल र भीम सार्कीले पनि अर्धशतक बनाएका छन् ।

यूएईसँगको खेल जित्न नेपालले तीन सय ११ रनको विशाल लक्ष्य पछ्याइरहेकाे छ । सार्कीले ६० बलमा ५० रन हानेका थिए भने कुशल भुर्तेल ५० रन बनाएर आउट भएका थिए ।

यो समाचार तयार पार्दासम्म नेपालले  ४४ ओभरकाे खेल सकिँदा ६ विकेट गुमाएर २६९ रन बनाएको छ।

 

Share your love