मोटरसाइकल दुर्घटनामा ३ जनाको मृत्यु, ४ जना घाइते
सुनसरी, सप्तरी र कैलालीमा भएका मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।सुनसरीको बराहक्षेत्र नगरपालिका ३ नहडामा तीन ओटा मोटरसाइकल आपसमा ठोक्किंदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते छन् ।
यसैगरी सप्तरीको रुपनी गाउँपालिका ६ वीरेन्द्रबजारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हिजो बेलुकी साढे ८ बजे स४प १६३८ नम्बरको मोटरसाइकल सडकमा थुपारिएको माटोको ढिस्कोमा ठोकिएर दुर्घटना हुँदा सो मोटरसाइकलका चालक अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको उपचारको क्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा बेलुकी सवा ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । उनको सनाखत हुन बाँकी छ ।