मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयो : एक जना घाइते

झापा – झापाको मेचीनगर नगरपालिका पिपलडाँगीमा गएराति मोटरसाइकल ठोक्किँदा दुई जना चालकको ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

मेची राजमार्गअन्तर्गत मेचीनगर–१२ पिपलडाँगीमा गएराति प्रदेश १–०१–०१४ प ३३५० नम्बरको मोटरसाइकल र प्रदेश १–०१–०१४ प २६७८ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

मोरसाइकलका चालक कनकाई–४ का ३८ वर्षीय कृष्णप्रसाद सिग्देल र अर्जुनधारा–४ का ४५ वर्षीय विष्णु थापाको बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालमा गएराति उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घाइते रामबहादुर अधिकारीको टाउको, हात र खुट्टामा चोट लागेकाले उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share your love