मेला हेर्न गएका २ युवा मृत भेटिए

पाल्पा – पाल्पामा दुई युवा मृत भेटिएका छन् । निस्दी गाउँपालिका २ का २१ वर्षीय वीरेन्द्र सोमै मगर र इन्द्र सारु मृत भेटिएका हुन् ।

उनीहरू दुवै जना फूलपातीको रमाइलो ९मेला० हेर्न मित्याल गएका प्रहरीले जनाएको छ । दशैँ दिनसम्म घर नआएपछि उनीहरूको खोजी भएकोमा आज बिहीवार शव भेटिएको हो ।

मृतक इन्द्रको टाउको तथा शरीरका विभिन्न ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ ।

Share your love