मु.सु प्राविधिक मा.वि मा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन

ग्रामिण भेग मै पढाईको गुणस्तरीयता कायम गर्न सफल पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरी स्थित मुखदेव सुशिला प्राविधिक माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति र शिक्षक   अभिभावक संघ गठन भएको छ ।

मुखदेव प्रसाद कानुको अध्यक्षतामा ९ सदस्य समिति विद्यालय व्यवस्थापन समिति गठन भएको छ भने विकास पटेलको अध्यक्षतामा ९ सदस्य शिक्षक अभिभावक संघ गठन भएको विधालयका शिक्षक मुन्ना साहले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा सुखाडी राउत , अच्छेलाल राउत , सोना वेदी , ईन्दु देवी , लक्ष्मीकान्त साह , लालबाबु पटेल , सिता देवी रहनुभएको छ भने शिक्षक अभिभावक संघको सदस्यमा जादोलाल राउत , ठग साह गोढ , सुनिला देवी , झोटी साह ,राजदेव राउत , रामबाबु राउत, राजेन्द्र ठाकूर , रावडी देवी , गायत्री देवी , दुलार्चन सहनी रहनुभएको छ ।

बहुदरमाई नगरपालिकाको उपमेयर शुष्मा कुमारी कुशवाहाको प्रमुख अतिथ्यतामा भएको विद्यालय व्यवथापन समिति र शिक्षक अभिभावक संघ गठनमा बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिदुर उप्रेती , महिला तथा बालबालिका र शिक्षका शाखा प्रमुख पार्वती पौडेल , विन्दवासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारी , वहुअर्वा माविका प्रधानध्यापक , भंगी साह उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक र  बिभिन्न संघ स्थाको प्रतिनिधिको उपस्तिथी थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लक्ष्मीकान्त साहले स्वागत मन्तव्य राख्नुभएको थियो भने सहजीकरण सोहन यादव र अमित प्रसाद गर्नुभएको थियो ।

Share your love