मु.सु प्राविधिक मा.वि मा झिजिया प्रतियोगिता सम्पन्न

वीरगंज – पर्सा जिल्लको ग्रामिण भेगकै उत्कृष्ट सामुदायिक विद्यालय मुखदेव सुशिला प्राविधिक माध्यमिक बिध्याल्यमा आज शुक्रबार झिजिया प्रतियोगिता सम्पन्न भएको छ ।

मधेश प्रदेशको संस्कृति झिजियाको बारेमा बिद्यालयमा अध्यनरत विद्यार्थीलाई आधिकारी रुपमा जानकारी दिदै प्रतियोगिता सम्पन्न भएको प्रधानाध्यापक लक्ष्मीकान्त साहले बताउनुभयो ।

प्रतियोगितामा कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरुले भाग लिएका थिए  । प्रधानाध्यापक साहका अनुसार प्रतियोगितामा कक्षा ७ पहिलो , कक्षा ९ दोस्रो र कक्षा ४ तेस्रो भएको हो  ।

तराई मधेशमा रहेको झिजियाको महत्वको बारेमा समेत विद्यार्थीलाई जानकारी गराईको उहाले बताउनुभयो  ।  मुखदेव सुशिला प्राविधिक माध्यमिक विद्यालयले समय समयमा अतिरिक्त क्रियाकलाप समेत गराउदै आएको छ  ।

Share your love