माइस्थानको सडकमा सवारीसाधन प्रवेशमा रोक नलगाउन माग

वीरगन्जको माइस्थान स्थित गहवा माई मन्दिर देखि मुख्य सडकको चोक सम्मको क्षेत्रमा रहेका घरधनी र व्यपारीहरुले पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका बुझाएका छन् ।

मन्दिर देखि मुख्य चोक सम्मको सडकमा सौन्दर्यकरण गरेपछि महानगरपालिकाले दशैं यता सबै खाले सवारीसधानको प्रवेशमा रोक लगाएको छ ।उक्त सडकमा सवारीसाधनको प्रवेशमा रोक लगाउदा आफुहरुको व्यपार व्यवसाय नै चौपट भएकाले उक्त प्रतिबन्ध हटाउन पहिल गरि दिन माग गर्दै त्यहाका व्यपारी र घरधनीहरुले मङगलबार प्रमुख जिल्ला अधिकारी उमेश ढकाललाइ ज्ञापनपत्र बुझाएका हुन् ।

मल आुपिर्तको सहज व्यवस्थापनका लागि मङगलबार बिहान जिल्ला प्रशासन कार्यालय पर्सामा भएको छलफलमा सहभागी पर्सा २ का नवनिर्वाचित सांसद अजय चौरसिया , प्रदेशसभा सदस्यद्वय श्याम पटेल र रमेश कुर्मी , वीरगन्ज महानगरपालिका उपमेयर इम्तियाज आलमकै उपसिथतीमा माइस्थानका व्यपारी र घरधनीहरुले प्रजिअ ढकाललाई ज्ञापनपत्र बुझाएका हुन् ।

माइस्थान स्थित सडक र पेटिको सौन्दर्यकरण पछि महानगरपालिकाले दर्शनार्र्थी र भक्तजनको सहजताका लागि त्यहा सबै खाले सवारीसाधनको प्रवेशमा रोक लगाएको छ ।

तर यसले ग्राहकहरु आउनै छाडेको र आफुहरुको व्यपार व्यवसाय चौपट भएको त्यहाका पसलेहरुको गुनासो छ । यस्तै आफना सवारीसधान घर सम्म पनि लग्न नपाएको घरधनीहरुको गुनासो छ । यदि सवारीसाधन प्रवेशमा लगाइएको रोक नहटाइए पसल नै बन्द गर्नु पर्ने अवस्था आइसकेको उनिहरुको दुखेसो छ । ज्ञापन–पत्र बुझ्दै प्रजिअ ढकालले यस बारेमा महानगरपालिकासंग कुरा गर्ने आश्वासन दिए ।

Share your love