महाराष्ट्रमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु

भारतको महाराष्ट्र राज्यमा भएको यात्रुबाहक बस दुर्घटनामा १३ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य २९ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

४१ जना यात्रु बोकेर पुणेबाट मुम्बईतर्फ गइरहेको बस रायगढको खोपली क्षेत्रमा दुर्घटना भएको प्रहरीले जनाएको छ। बस स्थानीय समयअनुसार शनिबार बिहान ४ः५० बजे दुर्घटना भएको थियो।

घाइतेहरुको स्थानीय खोपली अस्पताल र एमजीएम अस्पताल कामोठीमा उपचार भइरहेको छ। घाइतेहरुको अवस्था बुझ्न महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्दे अस्पताल पुगेका थिए। मुख्यमन्त्री शिन्देले दुर्घटनामा ज्यान गुमाउनेहरुका परिवारलाई पाँच–पाँच लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन्।

खोपोली मुम्बईबाट करिब ७० किलोमिटरको दूरीमा छ।

Share your love