मधेशमा बजेटबिनाको संस्कृति मन्त्रालय
मधेश प्रदेश सरकारले गत असोजमा विस्तार गरेको संस्कृति मन्त्रालय बजेटविहीन छ । शिक्षा तथा संस्कृति मन्त्रालयको संस्कृतितर्फ एक पैसा बजेट नरहेको मन्त्रालयका कार्यकारी सचिव महेन्द्र महतोले बताए ।
बजेट नहुँदा संस्कृतितर्फको कुनै काम अघि बढ्न सकेको छैन । ‘संस्कृतितर्फ बजेट नै छैन । त्यसैले त्यस तर्फको कुनै काम हुन सकेको छैन’, कार्यकारी सचिव महतोले भने, ‘शिक्षा मन्त्रालय तर्फ मात्र काम भइरहेको छ ।
जनमतका महेश प्रसाद यादवले सम्हालेको तत्कालीन शिक्षा तथा समाजकल्याण मन्त्रालय फुटाएर तत्कालीन बिनाविभागीय मन्त्री जसपाकी सुरिता साहलाई खेलकुद तथा समाज कल्याण मन्त्रीको जिम्मेवारी दिइएको थियो ।