मकैमा ब्लास्ट रोग लागे पछी पर्सागढीका किसान चिन्तित

वीरगंज – मैकैमा ब्लास्ट रोग लागेपाछी पर्सागढी नगरपालिकाका किसान चिन्तित भएकाछन ।

उक्त रोग लागे पछी मकैको विरुवा रातो हुने र पछी कुहिन थालेको पर्सागढी नगरपालिकाका मकै किसान शिव पटेलले बताउनुभयो ।

यसअघि कुनै बेला समेत यो रोग पर्सागढी नगरपालिकामा नदेखिएकोले यसको उपचारमा समस्या भईरहेको पटेलले बताउनुभयो ।

पटेलले खेतमा मलको मात्रा बढी भएर यो रोग लागेको हुनसक्ने अनुमान रहेको बताउदै किसान मल पाएपछि बढी प्रयोग गरिरहेको बताउनुभयो ।

तर पर्सागढी नगरपालिकाका कृषि शाखाका प्रमुख राजकुमार खत्रीले पानीको कारण यो रोग मकैको बोटमा लागेको बताउनुभयो ।

उहाले मकैमा बढी सिंचाईको आवश्यकता नभएको र चिसो मौसममा किसनहरु मकै लगाउने गरेको र बढी मात्रा सिंचाई गरेको हुदा रोग लागेको बताउनुभयो ।

उहाले समस्या समाधानका लागी डाइथिनियम ४५ र ढुसीनाशक प्रयोग गर्न सकिने सल्लाह दिनुभयो  । यो औषधि प्रयोग गरेको एक दुई दिनमा थोरै मात्रामा युरिया मल प्रयोग गर्न सुझाव दिनुभयो ।

–   सांकेतिक तस्बिर 

Share your love