मकवानपुर र दाङमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको ज्यान गयो

मकवानपुर र दाङमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको ज्यान गएको छ ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर–१ बाँदरखोल्सीको भित्रि सडक खण्डमा टिपर दुर्घटना हुँदा चालक हेटौँडा–१५ रातोमाटे बस्ने सुकदेव पाख्रिनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

त्यस्तै, दाङको तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँका पूर्णबहादुर नेपालीको भीरबाट लडेर ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

यस्तै, तुलसीपुर–११ उरहरीको पूर्वतर्फ बारीमा पहिचान नखुलेका एक पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभएको छ । शवको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share your love