भारतले अस्ट्रेलियालाई ६ विकेटले हरायाे, शृङ्खलामा २–० काे अग्रता

अस्ट्रेलियासँगकाे दाेस्राे टेस्ट क्रिकेटमा भारत ६ विकेटले विजयी भएकाे छ । दिल्लीकाे फिराेजशाह काेटला रङ्गशालामा अस्ट्रेलियाले दिएकाे १ सय १५ रनकाे सामान्य लक्ष्य भारतले ४ विकेट गुमाएर पूरा गर्‍याे ।

भारतका लागि कप्तान राेहित शर्मा र चेतेश्वर पुजाराले समान ३१ रन, श्रीकर भरतले २२ र विराट काेहलीले २० रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका नाथन लायनले २ र टस मर्फीले १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेकाे अस्ट्रेलियाले पहिलाे इनिङ्समा २ सय ६३ रन बनाउँदा अलआउट भएकाे थियाे । उसका लागि उस्मान खवाजाले ८१ र पिटर ह्यान्ड्सकम्बले ७२ रन बनाएका थिए । बलिङतर्फ भारतका माेहम्मद शामीले ४ तथा रविचन्द्रन अश्विन र रविन्द्र जडेजाले ३/३ विकेट लिएका थिए ।

भारत पहिलाे इनिङ्समा २ सय ६२ रन बनाउँदा अलआउट भएकाे थियाे । उसका लागि अक्षर पटेलले ७४ र विराट काेहलीले ४४ रन बनाएका थिए । बलिङतर्फ अस्ट्रेलियाका नाथन लायनले ५ तथा म्याथ्यु कुन्हेमान र टड मर्फीले २/२ विकेट लिएका थिए ।

याेसँगै भारतले ४ खेलकाे शृङ्खलामा २–० काे अग्रता लिएकाे छ । तेस्राे टेस्ट मार्च १ देखि इन्दाेरमा सुरु हुनेछ ।

Share your love