भारतकाे मधुवनी जिल्लासँग जोडिएको मधेशका ३ जिल्लाहरुको सीमानाका बन्द

भारतकाे विहार राज्यको मधुवनी जिल्लासँग जोडिएका मधेशका ३ जिल्लाहरुको सीमानाका गएरातिदेखि ७२ घण्टाका लागि बन्द गरिएको छ । सिरहा, सप्तरी, महोत्तरी लगायतका जिल्ला समेत भारत विहारको मधुवनी जिल्लाको सीमासँग जोडिएका छन् ।

मधुवनी जिल्ला अन्तर्गतको नगरपालिकामा पुस ३ गते अर्थात् डिसेम्बर १८ तारिखमा चुनाव हुने भएकाले सीमा नाका ७२ घण्टाका लागि बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय धनुषाले ७२ घण्टाका लागि सीमानाका बन्द भएकाले आवश्यक सहयोग एवं समन्वयका लागि सीमावर्ती पालिकाहरुलाई निर्देशन दिएको छ ।

Share your love