भन्सार छलीका धान,चामल गहु सहितका २ वटा ट्याक्टर पर्सा प्रहरीले भन्सारमा बुझायो

वीरगंज – भन्सार छली गरी ल्याईएको धान चामल , गहु सहितको दुई वटा ट्याक्टर जिल्ला प्रहरी कार्यालय पर्साले आवश्यक कारवाहीको लागी वीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।

धान ,चामल , गहु भन्सार छलेर ल्याउदै गरेको अवस्थमा वीरगंज महानगरपालिका वडा नम्बर १७ स्थित तिलावे पूलबाट ना ७ त ५२५१ र ना ६ त ४२०४ नम्बरको दुई वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको थियो ।

चामल ८० बोरा प्रति बोरामा ६० किलोको दरले ४८०० किलो , धान ७१ बोरा प्रति बोरा ५५ किलोको दरले ३९०५ किलो र गहुँ १५० बोरा प्रति बोरा ६० किलोको दरले ९००० किलो र दुई वटा ट्याक्टर सहित रु.१५ लाख २६ हजार ४८० रुपैया मुल्यांकन गरेर थप अनुसन्धान गर्नको लागि जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगंज भन्सार कार्यालयमा पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको बिशेष टोलीले उल्लेखित नम्बरको ट्याक्टरहरूलाई रोक्ने क्रममा दुबै ट्याक्टरको चालकहरू फरार भएको हुँदा उक्त ट्याक्टरहरूलाई लोड रहेको मालबस्तुहरू सहित नियन्त्रणमा लिएको थियो ।

Share your love