बैंकको ब्याजदर घटाइदिन प्रधानमन्त्रीलाई उद्योग मन्त्री रिजालको आग्रह

संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बैंकको ब्याजदर घटाउन प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डसंग सार्वजनिक रुपमै आग्रह गरेका छन् ।

मंगलबार काठमाडौंंमा नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उद्योगमन्त्री रिजालले यस्तो आग्रह गरेका हुन् ।

मन्त्री रिजालले भने, ‘जे पर्छ पर्छ म प्रधानमन्त्रीलाई भन्छु ब्याजदर घटाइदिनुस् ।’ मुलुकको अर्थतन्त्र राम्रो अवस्थामा नरहेको भन्दै रिजालले ब्याज न्यूनीकरण गरियो भने यसले धेरै समस्या समाधान गर्ने जिकिर पनि गरे । निजी क्षेत्रको सहयोगबाटै समृद्धि हासिल हुने भन्दै मन्त्री रिजालले अन्तर सरकारी समन्वय बढाउने पनि बताए ।

Share your love