बीमा सम्बन्धी विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले विभिन्न विधेयकहरू पारित गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री मोहम्मत इस्तियाक राईले प्रस्तुत गर्नुभएको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६ र अर्थमन्त्री जर्नादन शर्माले प्रस्तुत गर्नुभएको अर्थ समितिको प्रतिवेदन सहितको बीमा विधेयक २०७९, बहुमतले पारित गरेको हो ।

यसअघि बीमा विधेयकका विषयमा सांसदहरुले छलफलका क्रममा उठाउनुभएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले पुनर्विमालाई सरल बनाइएको, बीमा दाबी प्रदेशमा पनि गर्न सकिने, बिमाको पहुँच गाउँका दुरदराजसम्म पुर्‍याइने बताउनुभयो ।

अर्थमन्त्री शर्माले बिमा क्षेत्रको विकृति विसङ्गतिलाई हटाउन सरकारले विशेष प्राथमिकता दिएको बताउनुभयो ।

त्यसैगरी, मन्त्री शर्माले सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै ऋण व्यवस्थापन र पारदर्शिता कायम गर्न विधेयक महत्त्वपूर्ण  भएको बताउनुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक साउन ३१ गते मङ्गलवार बिहान ११ः०० बजे बस्नेछ ।

Share your love