बिग मार्टमा ‘स्मार्ट क्युआर’ बाट भुक्तानी गर्दा तरकारी तथा फलफूलमा १५ प्रतिशत छुट

विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआरले बिग मार्टसँग सहकार्य गरि हरेक बुधवार र शनिवार तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्युआरबाट भुक्तानी गर्दा छुट अफर सार्वजनिक गरेको छ ।

यस छुट अफरअन्तर्गत ग्राहकले तरकारी तथा फलफुल खरिद गरि स्मार्ट क्युआरबाट भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम एक सय ५० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

स्मार्ट क्युआरमा आबद्ध विभिन्न बैंक तथा वित्तिय संस्थाका ग्राहकले बिग मार्टको सबै शाखामा क्युआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् ।

यस अफरअन्तर्गत बिग मार्टको सम्पूर्ण शाखामा एनआईसी एसिया मो बैंक, ग्लोबल स्मार्ट प्लस, आईएमई पे, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आई क्यास, क्यु पे तथा विभिन्न सहकारीका एपबाट पनि भुक्तानी गर्न सकिनेछ ।

 

Share your love