बारा २ काे उम्मेदवारमा कांग्रेसबाट यादवकाे एकल नाम सिफारिस

बारा २ काे उपनिर्वाचनका लागि नेपाली कांग्रेस जिल्ला कार्यसमितिले राधेचन्द्र यादवलाई उम्मेदवार बनाउन सिफारिस गरेकाे छ ।
साेमबार कलैयामा बसेकाे कांग्रेस जिल्ला कार्यसमितिको बैठकले बारा २ काे उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारमा यादवकाे नाम सिफारिस गर्ने निर्णय गरेकाे हाे । यादव , संविधानसभा सदस्य हुन् ।पहिलाे संविधानसभा निर्वाचनमा यादव बारा २ बाटै प्रत्यक्ष तर्फकाे संविधान सभा सदस्यमा निर्वाचित भएका थिए ।
कांग्रेस बाराका पुर्व सभापति समेत रहेका यादव , हालका जिल्ला सभापति राजेशराय यादवका बुबा पनि हुन् । उम्मेदवार सिफारिसका बारेमा साेमबार जिल्ला सभापति राजेशराय यादवकाे अध्यक्षतामा बसेकाे जिल्ला कार्यसमितिको बैठकले यादवकाे एकल नाम सिफारिस गर्ने निर्णय गरेकाे बैठकम सहभागी कांग्रेस महाधिवेशन प्रतिनिधि लाेकेश सिंहले जानकारी दिए ।
कांग्रेस जिल्ला कार्यसमितिले यादवकाे नाम सिफारिस गरेपनि वैशाख १० काे उपनिर्वाचनमा बारा २ मा कांग्रेस शीर्ष नेतृत्वले भने सत्तागठबन्धनबाट जसपालाई सघाउने वचन दिईसकेकाे छ । उक्त क्षेत्रमा जसपाबाट राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव चुनाव लड्ने चर्चा छ । त्यसकारण कांग्रेस जिल्ला कार्यसमितिले ,संविधान सभा सदस्य यादवकाे नाम सिफारिस गरेपनि याे ओैपचारिकताका लागि मात्रै भएकाे हुन सक्ने आकलन गरिएको छ ।
Share your love